Thursday, December 11, 2014

शिक्षा पुरस्कारका लागि आवेदन आहृवान

नेपाल पत्रकार महासंघले शिक्षा विभागको सहकार्यमा विगतका वर्षझै यस वर्षपनि शिक्षासम्बन्धी विभिन्न पुरस्कारका लागि आवेदन आहृवान गरेको छ । यस क्रममा रु. ७५,०००।- राशीको एउटा राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार, काठमाडौं उपत्यकालाई १ क्षेत्र मानी ५ विकास क्षेत्रसहित १/१ जनाका दरले ६ वटा रु. २५,०००।- का दरले क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

यसैगरी प्रत्येक विकास क्षेत्रबाटै २/२ जनाका दरले १२ जनालाई जनही रु. १५,०००।- का दरले शैक्षिक लेखनवृत्ति र टेलिभिजनमध्येबाट एक टेलिभिजन र राष्ट्रिय दैनिक पत्रिकामध्येबाट एक राष्ट्रिय दैनिकलाई रु. ४०,०००।- दरले संस्थागत शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । यस्तै पाँच विकास क्षेत्र र उपत्यकाको एक गरी  ६ वटा एफ एम रेेडियोलाई रु. २०,०००।- का दरले संस्थागत पुरस्कार प्रदान गरिने छ ।

No comments:

Post a Comment